नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा डा. फिरदोश आलम विजयी

डिसी नेपाल
२९ असोज २०८३ १३:५१
24
Shares

काठमाडौं।  नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा प्रतिनिधिसभा सदस्य डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको मतगणनामा ३ हजार ३४७ मत प्राप्त गर्दै डा. आलम विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका अतहर कमाल मुसलमानले ५५७ मत ल्याए।

विजयी डा. आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी नेपाली कांग्रेसका दिवङ्गत नेता शेख इद्रिसका नाति तथा पूर्वमन्त्री दिवङ्गत मोहम्मद आफताब आलमका छोरा हुन्। पेशाले चिकित्सक (एमबीबीएस) रहेका डा. आलमले यसअघि नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत सेवा गरिसकेका छन्।

केन्द्रीय सदस्य (मुस्लिम) तर्फको मतपरिणाम

यसैगरी, मुस्लिम खुलातर्फको ३ केन्द्रीय सदस्य पदमा डा. अताबुल मंसुरी ३ हजार ३१७ मत, मो. इर्शाद अन्सारी १ हजार ८६३ मत र अब्दुल रज्जाक गद्दी १ हजार ७११ मत प्राप्त गरी विजयी भएका छन्।

त्यस्तै, मुस्लिम महिलातर्फको दुई केन्द्रीय सदस्य पदमा जमिला खातुन २ हजार ८३५ मत र सनम वेगम २ हजार ११६ मत ल्याएर निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *