जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन

डिसी नेपाल
२९ असोज २०८३ १६:३०
4
Shares

काठमाडौं। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

पुस्तक विमोचन हुनुअघि नै ‘मगनी मरिक’ का ७० प्रति बिक्री भइसकेका थिए।

सापकोटा विगत दुई दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा प्राज्ञिक अनुसन्धानमा सक्रिय छन्। कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी मानवीय मूल्य र नागरिक न्यायका विषयमा विशेष चासो राख्छन्।

उनका यसअघि ‘जीवन कतिपय’ (निबन्धसङ्ग्रह, २०१४), ‘कहर’ (गैरआख्यान, २०१६) र ‘नेपाली उपन्यासमा बसाइँसराइ ः दुःखदेखि दुःखसम्म’ (अनुसन्धानमूलक कृति, २०१९) प्रकाशित छन्।

सापकोटाले एसोसिएटेड प्रेस, अलजजिरा, एबीसी अस्ट्रेलिया, द टाइम्स र द डिप्लोम्याटलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि काम गरिसकेका छन्। ‘मगनी मरिक’ उनको पछिल्लो कृति हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *