प्रवासी नेपालीको जीवनमा सुख र सफलताको नयाँ अध्याय सुरु होस्: एनआरएनए पूर्वअध्यक्ष आर. के. शर्मा
दाेहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् प्रतिष्ठित व्यवसायी आर. के. शर्माले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
विश्वभर रहेका नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा इष्टमित्रहरूको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शर्माले यी पर्वहरूले पारिवारिक एकता, आपसी प्रेम, भाइचारा र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
हाम्रा मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावका प्रतीक मानिने यस्ता चाडपर्वहरूले समाजमा आशा, विश्वास र सकारात्मकताको नयाँ सञ्चार गराउनुपर्नेमा उनले जोड दिए।

विशेषगरी, परिवारको सुखद भविष्य र उज्ज्वल भोलिको सपना बोकेर विश्वका विभिन्न मुलुकमा पसिना बगाइरहेका सम्पूर्ण नेपाली श्रमिक, व्यवसायी तथा प्रवासी नेपालीहरूको जीवनमा सुख, समृद्धि र सफलताको नयाँ अध्याय सुरु होस् भन्ने कामना उनले गरे। विदेशमा रहे पनि आफ्नो माटो, भाषा, संस्कृति र परिवारसँग जोडिएको आत्मीयता सधैँ जीवन्त रहिरहने शर्माको भनाइ थियो।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा आकांक्षा साकार पार्न आपसी सद्भाव, सहकार्य, उद्यमशीलता र एकताको भावना अझ बलियो बन्नुपर्ने उल्लेख गर्दै शर्माले हरेक नेपालीको घरआँगनमा खुसीको दीप बलोस्, सम्बन्धहरूमा आत्मीयता बढोस् र जीवनमा शान्ति, समृद्धि तथा नयाँ सम्भावनाका ढोकाहरू खुलून् भन्ने शुभेच्छा प्रकट गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment