भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

डिसी नेपाल
३० असोज २०८३ १७:०७
16
Shares

काठमाडौं। विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन्। सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुमवासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण कार्यलाई अघि बढाएको छ।

मन्त्री रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *