एनपीएललाई आईसीसीको औपचारिक मान्यता

डिसी नेपाल
३० असोज २०८३ १९:०९
88
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो।

आइसीसीले मान्यता दिएपछि प्राप्त भएमा नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारमा सहयोग पुग्ने भएको छ।

आईसीसीको स्वीकृतिले टेस्ट खेल्ने देशका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई फ्रेन्चाईजीहरुले सहभागिता गराउन सक्ने छन्। यसबाट टोलीहरूले प्रायोजन, विज्ञापन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने अवसर पाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्लेषण गरिएको छ।

यसअघि एनपीएलमा आइसीसीको आंशिक स्वीकृति रहेको थियो, जसका करण सिमित टिमले मात्र अन्तराष्ट्रिय खेलाडी भित्राउने अवसर पाएका थिए।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *