पूर्व एसएसपी दिनेश मैनाली अवकाशपछि सम्मानित
काठमाडौं। प्रहरी सेवामा ३० वर्ष व्यतित गरेर अवकाशप्राप्त पूर्वएसएसपी दिनेश मैनाली सम्मानित भएका छन्।
७१ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई शुक्रबार प्रशंसा पत्रद्वारा सम्मानित गरेका हुन्।
सेवा निवृत्तपछि पनि प्रहरीको विकास, सुदृढीकरण तथा गरिमा अभिवृद्धिका लागि व्यावसायिक लेखलगायत विभिन्न माध्यमबाट निरन्तर कृयाशील रहेको भन्दै उनी सम्मानित भएका हुन्।
पूर्वएसएसपी मैनालीले प्रहरी जीवनमा अनेकौं चुनौती र जोखिमयुक्त जिम्मेवारी निर्वाह गरेका थिए। २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकको दर्जाबाट सेवामा प्रवेश गरेका उनी २०८१ भदौ १६ मा एसएसपी दर्जाबाट अवकाश भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment