ककरोच पार्टीका अध्यक्ष दिपके प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३० असोज २०८३ २०:२१

काठमाडौं। भारतको ककरोच जनता पार्टी (सिजेपी) का अध्यक्ष अभिजित दिपके पक्राउ परेका छन्।

दिल्लीको सेन्ट्रल पार्कमा शुक्रबार प्रदर्शन गर्नुअघि सीजेपीका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

त्यस्तै भारतको दिल्ली प्रहरीले अखिल भारतीय विद्यार्थी संघकी अध्यक्ष नेहा बोरालाई पनि प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिएको बताइएको छ। दिल्लीस्थित मण्डी हाउसबाट जुलुसको नेतृत्व गर्ने तयारीमा रहेकी बोरालाई प्रहरीले मार्च सुरु हुनुअघि नै नियन्त्रणमा लिएको बताइएको छ।

यसअघि प्रहरीले सूचना जारी गर्दै सेन्ट्रल पार्क क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको घोषणा गरेको थियो।

सिजेपी नेताहरु आशुतोष रांका र सौरव दासलाई भने यसअघि नै नियन्त्रणमा लिएर अदालतले पाँच दिनको न्यायिक हिरासतमा पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *