प्रधानमन्त्री बालेनको दसैँ शुभकामना : विपद्मा ज्यान गुमाएकालाई सम्झिए
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन्। उनले नेपाली समाजमा एकता, आत्मीयता र सांस्कृतिक मौलिकता कायम राख्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट, गोरखालगायतका क्षेत्रमा भएका विपद्का कारण शोकमा रहेका परिवारलाई पनि स्मरण गरेका छन्। उनले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनको शुभकामना सन्देशमा चाडपर्वको खुसीसँगै विपद्बाट प्रभावित परिवारको पीडा र दुःखलाई पनि आत्मसात् गर्नुपर्ने भाव व्यक्त गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment