स्याङ्जा र कास्कीमा मध्यम वर्षा, आज पनि पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

डिसी नेपाल
१ कार्तिक २०८३ ८:३४
4
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा पछिल्लो २४ घण्टामा स्याङ्जा र कास्कीका केही स्थानमा मध्यम वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक असरका कारण मुलुकका विभिन्न भूभागमा वर्षा भएको हो।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा स्याङ्जामा १८.२ मिलिमिटर दर्ता भएको छ। यसैगरी कास्कीको मालेपाटनस्थित मौसम मापन केन्द्रमा १६.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। मौसम विज्ञानको मानक अनुसार १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ।

यसै प्रणालीका कारण देशका केही स्थानमा अझै पनि फाट्टफुट्ट वर्षा भइरहेको छ भने अन्य थुप्रै स्थानमा हल्का वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *