सुरेश अधिकारी र कृष्णबीकको सहकार्यमा आयो नयाँ दशैँ गीत ‘रातो टीका जमरा’

डिसी नेपाल
१ कार्तिक २०८३ १७:१७
16
Shares

काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन्। बडादसैँको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो।

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै…’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्। गीतमा कृष्ण बीक र जुनु रिजालको स्वर, वेद जोशीको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ। महाराज थापाले संगीत संयोजन गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा सञ्जय विश्वकर्मा र सञ्जना गुरुङले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिम्जन) ले गरेका हुन्। रातो टीका, जमरा, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखिएको गीतले दशैँको उल्लासलाई प्रस्तुत गरेको छ। अधिकारीको अनुभव र नयाँ पुस्ताका गायक कृष्ण बीकको सहकार्यमा तयार भएको गीतले पुराना दशैँ गीतको सम्झना दिलाउँदै नयाँ पुस्ताका श्रोतामाझ पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ। लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको गीत कृष्ण बीकेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *