नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८३ १५:२४
12
Shares

सुनसरी। इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।

उक्त टोलको हनुमान् मन्दिर नजिककै बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए।

इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *