बझाङको सुर्मादेवी मेलाको तयारी सुरु, मन्दिरको सरसफाइ र रंगरोगन
बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलाको तयारी सुरु भएको छ। दशैंपछिको पूर्णिमाका दिन लाग्ने यस मेलालाई लक्षित गर्दै चैनपुरस्थित सुर्मादेवी मन्दिरको सरसफाइ तथा रंगरोगन गरिएको छ।
हरेक वर्ष दशैंपछिको पूर्णिमाका दिन लाग्ने सुर्मादेवी मेला बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण मेला हो। मेलामा सुर्मादेवीको दर्शन तथा मेला अवलोकन गर्न बझाङ जिल्लाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाबाट समेत श्रद्धालु तथा यात्रुहरू आउने गर्दछन्।
मेलाको तयारीस्वरूप मन्दिर परिसरको सरसफाइ र रंगरोगन गरिएपछि मेला थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ। धार्मिक आस्था र स्थानीय परम्परासँग जोडिएको सुर्मादेवी मेलाले जिल्लाको सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।



No ads found for this position



डिसी नेपाल
Facebook Comment