१२ वटै राशिको आजको राशिफल : कसको दिन कस्तो ?

डिसी नेपाल
४ कार्तिक २०८३ ६:२४
124
Shares

तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिषीय ग्रहगोचरका आधारमा मेषदेखि मीनसम्मका १२ वटै राशिको फल यसप्रकार छ :

  • मेष : दिन धेरै राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ भने व्यापारमा फाइदा मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ भने पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर जुटनेछ। परिवारसँग बसेर खुसी साट्ने दिन छ।

  • वृष : ठिकै दिन छ। स्वास्थ्यमा सुधार आए पनि साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहे पनि शिक्षा क्षेत्रमा गरिएको प्रयास सफल बन्नेछ। हरेक काममा भने मिहिनेत गर्नुपर्ने देखिन्छ।

  • मिथुन : दिन सामान्य छ। लगानीमा अवरोध आउँदा मानसिक तनाव बढ्न सक्छ भने राज्यको तर्फबाट भय रहन सक्छ। सानो रकम दान गरेर मन शान्त पार्न सकिनेछ। संकटको यस समयमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

  • कर्कट : दिन राम्रो छ। मन शान्त बन्नेछ भने व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यसम्बन्धी प्रयासबाट लाभ मिल्नेछ। विपक्षीहरू शान्त रहेकाले मौन रहेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलापको वातावरण बन्नेछ।

  • सिंह : आज नसोचेको धन प्राप्त हुनुका साथै समस्याको समाधान हुनेछ। मित्रबाट पूर्ण साथ र सहयोग मिल्नेछ। औषधि सेवन नियमित गर्न सके रोगबाट मुक्ति पाइनेछ। विपक्षीले पनि कामको प्रशंसा गर्नेछन् भने छोटो दूरीको सुखद् यात्रा हुनेछ।

  • कन्या : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता कायम राखेमा मान-सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रको प्रयासमा सफलता मिल्नेछ भने अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशजीको भजन सुनेर दिनको सुरुवात गर्नु लाभदायक हुनेछ।

  • तुला : आज मानसम्मान प्राप्त हुनुका साथै राज्यतर्फबाट सेवाको अवसर मिल्नेछ। मन शान्त रहनेछ। शिक्षाको क्षेत्रमा विशेष मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा परिवारको साथ लिएर अगाडि बढ्नु लाभदायक हुनेछ।

  • वृश्चिक : दिन अनुकूल छैन, काम गर्दा सचेत बन्नुपर्नेछ। अचानक मनमा असन्तोष पैदा हुनसक्छ। कुटुम्बसँग सुमधुर सम्बन्ध कायम राखेर अगाडि बढ्नुपर्छ। हरेक काममा केही बाधा आउन सक्ने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु दैनिकी सहज बनाउन सहयोगी बन्नेछ।

  • धनु : काम गर्दा सचेत बन्नुपर्ने दिन छ। सुख र आनन्द प्राप्त हुनुका साथै नयाँ पहिरन लगाउने अवसर जुटनेछ। परिवार र दाम्पत्य जीवनको सम्बन्ध सुमधुर बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा भने थप श्रम गर्नुपर्ने दिन छ।

  • मकर : दिन राम्रो छ र दैनिकी सहज रहनेछ। रमाइलो गर्ने क्रममा खर्च भने बढ्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। अरूको कामका लागि आफ्ना बहुमूल्य समय र धन खर्च नगर्नु नै उचित हुन्छ।

  • कुम्भ : मनमा उत्साह बढ्नेछ। व्यापारमा गरिएको लगानीबाट फाइदा हुनेछ। परिवारसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ भने सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा कार्य सहज बन्नेछ।

  • मीन : साना साना कुराले पनि मन खुसी हुनेछ। आफ्नै परिवारका कारण भने केही असन्तुष्टि बढ्न सक्छ। दैनिक कामकाज गर्दा कसैसँग विवादमा नपर्नु नै उचित हुन्छ। व्यापारमा सफलता पाउन थप मिहिनेत गर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *