दशैंको टीका र अष्टमीमा नेपाल प्रहरी र सशस्त्रद्वारा ३,५८५ यात्रुलाई निःशुल्क बस सेवा

डिसी नेपाल
५ कार्तिक २०८३ ११:१७

काठमाडौं। बडादशैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट तीन हजार ५८५ भन्दा बढी यात्रुले लाभ लिएका छन्।

दशैंको समयमा काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको कमी भई सर्वसाधारणलाई आवतजावतमा पर्ने कठिनाइलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन्।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले सञ्चालन गरेका तीनवटा बसमार्फत कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना गरी कुल एक हजार ४०६ जना यात्रुले निःशुल्क यात्राको सुविधा पाएका छन्।

त्यसैगरी सशस्त्र प्रहरी बलका तर्फबाट सञ्चालित दुई वटा बसले बडादसैँको महाअष्टमी, महानवमी र विजयादशमीका दिन गरी कुल दुई हजार १७९ यात्रुलाई काठमाडौं उपत्यकाका विभिन्न रुटमा सुरक्षित तथा निःशुल्क यात्रा गराएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

चाडपर्वका वेला सर्वसाधारण यात्रुको आवगमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सुरक्षा निकायहरूले हरेक वर्ष दसैँको मुख्य दिनहरूमा यस प्रकारको कल्याणकारी सेवा प्रदान गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *