मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा बाबु-छोराको मृत्यु
सन्धिखर्क। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ।
प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो।
लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए। खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment