एनपीएलका खेललाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’ को मान्यता

डिसी नेपाल
५ कार्तिक २०८३ १२:०४
12
Shares

काठमाडौं। आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ‘लिस्ट ए टी-२०’को मान्यता दिएको छ।

आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ।

त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू हुँदैछ। एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट रंगशालामा आयोजना हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *