दशैं मनाएर काठमाडौं फर्किनेको लर्को (तस्बिरहरू)
काठमाडौं। बडाशैंलगायतका चाडपर्व मनाउन आ-आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू पर्व सकिएसँगै पुनः कर्मथलो काठमाडौँ फर्किने क्रम तीव्र बनेको छ।
पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाहरूबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ उपत्यका भित्रिने मुख्य पूर्वी नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा दसैँ मनाएर फर्किने यात्रुहरूको बाक्लो घुइँचो लाग्न थालेको छ।
जडिबुटी चोक र कोटेश्वर आसपासका सडकमा साना तथा ठूला सवारीसाधनका साथै काठमाडौँ फर्किने यात्रुहरूको बाक्लो उपस्थिति देखिन्छ। घरबाट फर्किएका यात्रुहरूका कारण जडिबुटी क्षेत्रमा बिहानैदेखि सवारी साधन र पैदलयात्रीको चाप निकै बढेको छ।














No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment