चीनको सिजाङमा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

डिसी नेपाल
६ कार्तिक २०८३ १९:४०
24
Shares

काठमाडौं। चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) को उत्तरी भागमा गएको विनाशकारी भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले  दुःख व्यक्त गरेको छ।

अक्टोबर २२, २०२६ मा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको, दर्जनौँ घाइते भएको र ठूलो मात्रामा धनजन तथा पूर्वाधारमा क्षति पुगेको घटनाप्रति परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट चीन सरकार, चिनियाँ जनता तथा विशेष गरी प्राकृतिक विपत्तिमा परी आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति प्रकट गरिएको छ।

यस कठिन घडीमा नेपाल चीनको पक्षमा दृढताका साथ उभिएको उल्लेख गर्दै मन्त्रालयले तत्काल उद्धार, राहत तथा प्रभावित परिवार र समुदायको शीघ्र पुनस्थापनाको कामनासमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *