पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि, सिलिन्डरको मूल्य सात हजार रुपैयाँ नाघ्यो

डिसी नेपाल
७ कार्तिक २०८३ १५:२६

काठमाडौं । पाकिस्तानमा भान्छामा प्रयोग हुने ग्यास अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को मूल्यमा भारी वृद्धि भएको छ।

बीबीसी उर्दूका अनुसार देशका धेरै भागमा एलपीजीको मूल्य प्रतिसिलिन्डर ६०० रुपैयाँभन्दा धेरै बढेको छ। त्यस्तै, ११.६७ किलोग्रामको सिलिन्डरको मूल्य बढेर सात हजार रुपैयाँ पुगेको छ, जुन गत सातासम्म करिब ४,५०० रुपैयाँ रहेको थियो।

पाकिस्तानको ‘फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्स’ ले पनि महँगीको तथ्याङ्कमा एलपीजीको मूल्यमा तीव्र वृद्धि भएको पुष्टि गरेको छ।

ब्युरोका अनुसार यस साताको अन्त्यसम्ममा एलपीजीको मूल्यमा अघिल्लो साताको तुलनामा २२.५० प्रतिशतको वृद्धि दर्ता गरिएको छ।

त्यसैगरी, गत वर्ष अक्टोबरको यही साताको तुलनामा मूल्य १०७ प्रतिशतसम्म बढेको छ।

पाकिस्तानमा तेल तथा ग्यास क्षेत्रको नियामक निकाय ‘अयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी’ ले अक्टोबर महिनाका लागि एलपीजीको आधिकारिक मूल्य प्रतिकिलोग्राम २७९ रुपैयाँ तय गरेको छ।

यद्यपि, फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कअनुसार देशका विभिन्न भागमा एलपीजी प्रतिकिलोग्राम ५५० देखि ६१० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *