चार भारतीय नागरिक पक्राउ

डिसी नेपाल
९ कार्तिक २०८३ ८:३८
16
Shares

काठमाडौं । मकवानपुरको हेटौंडामा कारको ढोकामा विशेष फल्स बटम बनाएर लुकाइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको रक्सोलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त कारबाट प्रहरीले शङ्कास्पद धातु र चारै जना सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी कार चालक करिब ५० वर्षीय रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:१५ बजे हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक भारतको रक्सोलबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा कारको चारवटै ढोकाको भित्री भागमा विशेष संरचना अर्थात् फल्स बटम बनाएर धातु लुकाइएको अवस्थामा फेला परेको हो। बरामद गरिएको उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशङ्कामा कारमा सवार चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

बरामद गरिएको धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने विषयमा हालसम्म पुष्टि हुन सकेको छैन। प्रहरीले सो धातुको प्रकृति, स्रोत र घटनासँग जोडिएका अन्य विवरणबारे गहन अनुसन्धान भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *