स्थानीय तहको तयारीमा जुट्न गगन थापाको निर्देशन, डिजिटल माध्यमबाट उम्मेदवार छनोट हुने

डिसी नेपाल
९ कार्तिक २०८३ १४:१२
20
Shares

स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी मंसिर महिनालाई सङ्गठन जागरणको महिना बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीको सङ्गठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

कांग्रेसले केवल निर्वाचनमा गुमाएको मतभन्दा पनि जनताको विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको सभापति थापाको भनाइ थियो।

उनले जनताको विश्वास जितेमा मत स्वतः पछि-पछि आउने स्पष्ट पार्दै पार्टीको छवि र जनधारणा सुधारका लागि प्रत्येक सदस्यले मेहनत गर्नुपर्नेमा जोड दिए। पार्टीले आफ्नो गत चुनावको समीक्षा गर्दै आन्तरिक तथा बाह्य कारणहरूको पहिचान गर्नुपर्ने उनले औँल्याए।

आगामी कात्तिक १२ गते हुने शपथ ग्रहणपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी ठोस योजना तय गर्ने जानकारी दिँदै सभापति थापाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए।

विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अब अन्त्य हुने बताउँदै उनले पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

पार्टीले यसअघि नै अधिकांश सदस्यता अद्यावधिक गरिसकेको र बाँकी काम पनि छिट्टै पूरा हुने जानकारी दिँदै उनले आगामी पुस तथा माघ महिनाभित्रै उम्मेदवारको प्रारम्भिक छनोटको कामसमेतिसिध्याइने बताए। तलैबाट डिजिटल प्रणालीमार्फत साथीहरूले छानेको प्रारम्भिक सूचीका आधार नहीं उम्मेदवारहरू तय गरिने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *