सुनको मूल्य तोलामा ८ सयले बढ्दा चाँदी भने सस्तियो

डिसी नेपाल
१० कार्तिक २०८३ ११:१९
580
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार  सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धि भएसँगै मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार ३ हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको थियो भने आइतबार तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो।

यस्तै, मङ्गलबार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। सोमबार तोलामा ४० रुपैयाँले बढेर चाँदी ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा ओर्लिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *