सनसनीपूर्ण रूपमा टार्गेट डिफेण्ड गर्दै चितवनको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको रोमान्चक भिडन्तमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट हुन पुग्यो। विराटनगरका लागि ओपनर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए। त्यस्तै, आन्द्रे रसेलले १७ बलमा ३३ रन (१ चौका, ४ छक्का) र लोकेश बमले १४ बलमा २६ रनको आक्रामक पारी खेले तापनि टोलीलाई जित दिलाउन सकेनन्।
टोलीका अन्य ब्याटरहरूमा एन्जिलो म्याथ्यूजले १४, बसिर अहमदले १३ र शुभम रन्जानेले १० रन जोडे भने प्रतिस जिसी, रुपेश सिंह र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भए। नरेन साउद २ रनमा अविजित रहे। विराटनगरले अतिरिक्त रूपमा ४ रन पाएको थियो।
चितवन राइनोजको जितमा बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। कमल सिंह ऐरीले घातक बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै रिजन ढकालले २ विकेट हात पारे भने टोम टेलर, रन्जित कुमार, डान माउस्ले र मौसम ढकालले समान १-१ विकेट लिँदै विराटनगरको इनिङ्स धराशायी बनाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment