नेपाल प्रिमियर लिग: जनकपुरले टस जितेर फिल्डिङ रोज्यो, कर्णाली पहिले ब्याटिङ गर्दै

डिसी नेपाल
१० कार्तिक २०८३ १७:३७
4
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मङ्गलबार) दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।

प्रतियोगिताअन्तर्गत आजै सम्पन्न पहिलो रोमाञ्चक खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ। मङ्सिर ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा उपाधिका लागि टोलीहरू प्रतिस्पर्धामा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *