एनपीएल: जनकपुरविरुद्ध कर्णाली याक्सले गुमायो ७ विकेट
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सले संकटपूर्ण स्थितिमा ७ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको छ।
पारी सम्हाल्ने क्रममा कर्णालीका अबकर अलि हरमित सिंहको बलमा एलबीडब्ल्यू आउट भए भने गुलशन झा ९ बलमा १२ रन बनाएर पेभेलियन फर्किए। यसअघि नै टप अर्डरका ब्याटरहरू आउट भइसकेको अवस्थामा अहिले सोमपाल कामी र पवन सर्राफ क्रिजमा उपस्थित भई पारीलाई उकास्ने प्रयास गरिरहेका छन्।
टस जितेर पहिले फिल्डिङ रोजेको जनकपुर बोल्ट्सका बलरहरूले आज उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई दबाबमा राखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment