वीरगञ्ज भन्सारद्वारा असोजमा लक्ष्यभन्दा बढी राजस्व संकलन, इन्धन र चाडबाडका सामग्री मुख्य स्रोत
वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा २६ अर्ब ७२ करोड ५८ लाख संकलन गर्न सफल भएको हो।
असोज महिनामा भएको कुल संकलनमध्ये इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।
त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड संकलन भइसकेको छ। दशैँ-तिहार जस्ता चाडबाडका कारण सामानको आयात बढ्नाले भन्सार कार्यालयलाई लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता मिलेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment