आज अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवस मनाइँदै
काठमाडौं। अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवस हरेक वर्ष अक्टोबर २९ मा मनाइन्छ। सन् २०२६ को यस दिवसको नारा ‘मर्यादित काममार्फत दिगो हेरचाह तथा सहयोग प्रणालीको निर्माण’ रहेको छ।
यस वर्षको दिवसले हेरचाहसम्बन्धी काममा संलग्न श्रमिकको श्रम अधिकार, उचित पारिश्रमिक, कार्यस्थलको सुरक्षा, सामाजिक संरक्षण र सीप विकासमा जोड दिएको छ। पारिश्रमिक पाउने तथा नपाउने दुवै प्रकारका हेरचाहकर्मीको योगदानलाई मान्यता दिनु पनि यसको प्रमुख उद्देश्य हो।
संयुक्त राष्ट्रसङ्घले हेरचाह तथा घरेलु कामको महत्त्व स्वीकार गर्दै यसको उचित मूल्याङ्कन, जिम्मेवारीको न्यायोचित बाँडफाँट र लैङ्गिक विभेद न्यूनीकरणमा जोड दिएको छ। साथै, अनौपचारिक कामलाई औपचारिक र मर्यादित रोजगारीमा रूपान्तरण गर्दै हेरचाह क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ।
यस दिवसले लैङ्गिक समानता, सामाजिक न्याय तथा समाज र अर्थतन्त्रको दिगोपनका लागि समावेशी र सुदृढ हेरचाह प्रणालीमा लगानी गर्नुपर्ने सन्देश दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment