काठमाडौं उपत्यकामा चक्रवात ‘अर्नब’ को प्रभाव: चिसो बढ्यो

डिसी नेपाल
१२ कार्तिक २०८३ १२:०२
8
Shares

काठमाडाैं। नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव देखिन थालेको छ।

यस मौसमी प्रणालीका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै वर्षाको सम्भावना बढेको छ।

बिहीबार काठमाडौं) उपत्यकाको आकाशमा पनि आंशिक बदली देखिएको छ। मौसममा आएको यस परिवर्तनसँगै उपत्यकामा बादलयुक्त र धुम्म वातावरण बनेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र हावाहुरीको सम्भावना रहेको छ। मौसममा आएको यो बदलावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सबैमा आग्रह गरेका छन्।

तस्बिर: सक्षम घिमिरे/ नेपाल न्युज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *