काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्ससामु प्रस्तुत गर्यो ११६ रनको सामान्य लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध निराशाजनक ब्याटिङ प्रदर्शन गर्दै ११५ रन मात्र बनाउन सक्यो।
काठमाडौंले निर्धारित २० ओभर पूरा खेल्न पनि पाएन र १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो। यससँगै जनकपुर बोल्ट्सले जितका लागि ११६ रनको सामान्य लक्ष्य पाएको छ।
टोलीका लागि भीम सार्कीले सर्वाधिक ३३ रन (२९ बल, ४ चौका) को योगदान दिए भने रशिद खानले १७ रन र स्मित पटेलले १३ रन बनाए। अन्य ब्याटरहरूले मैदानमा टिकेर खेल्न नसक्दा ठूलो साझेदारी बन्न सकेन।
काठमाडौंका इनिङ्सलाई ध्वस्त पार्ने क्रममा जनकपुरका बलर राहुल यादवले घातक बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट हात पारे। यस्तै, सैफ हसनले २ विकेट लिए भने मोइन अली, ललित राजवंशी र हरमीत सिंहले समान १-१ विकेट आफ्नो नाम गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment