विदेशी मुद्राको विनिमय दर: कुन देशको रुपैयाँ कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा पुगेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा कायम भएको छ। स्वीस फ्र्यांक एकको खरिद मूल्य १८३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १८४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
अन्य प्रमुख वैदेशिक मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरिएको छ।
एसियाली मुलुकका मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा तोकिएको छ। यस्तै कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा कायम भएको छ।
यसै गरी थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५ रुपैयाँ ४३ पैसा एवम् डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा रहेको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ भने खाडी मुलुक कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा तथा ओमानको ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ १० पैसा र बिक्रीदर ३९६ रुपैयाँ ६६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ। राष्ट्र बैंकका अनुसार यो विनिमय दरलाई बजारको आवश्यकता र अवस्था अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही भिन्न हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment