उत्तराखण्डमा ५ तीर्थालु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त, ६ जनाको अवस्था अज्ञात

डिसी नेपाल
१३ कार्तिक २०८३ १७:४०
8
Shares

काठमाडौं।  भारतको उत्तरी राज्य उत्तराखण्डको चमोली जिल्लास्थित जोशीमठ नजिकै छ जना सवार एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

बद्रीनाथबाट उडान भरेलगत्तै सम्पर्कविहीन भएको सो हेलिकप्टरमा पाँच जना तीर्थालु र एक जना पाइलट रहेका थिए।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार चमोली जिल्लाको जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको खबर प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको छ।

भारी वर्षा, कुहिरो र खराब भिजिबिलिटीका कारण सो क्षेत्रमा उडान प्रतिकूल बनेको थियो। भारतको मौसम विभागले पनि यसअघि नै उक्त क्षेत्रमा मेघगर्जन, असिना र तीव्र हावाहुरीको चेतावनी जारी गरेको थियो।

दुर्गम पहाडी भूभाग र लगातारको वर्षाका बीच जिल्ला प्रशासन, जिल्ला आपत्कालीन व्यवस्थापन विभाग तथा राज्य आपत्कालीन प्रतिक्रिया बल (एसडीआरएफ) को संयुक्त टोली उद्धार कार्यमा जुटेको छ।

मुख्यमन्त्री धामीले घटनाको निरन्तर अनुगमन भइरहेको जनाउँदै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि एयरलिफ्ट गर्न निर्देशन दिएका छन्। प्रतिकूल मौसम र भौगोलिक विकटताका बाबजुद सुरक्षाकर्मीहरूले उद्धार अभियानलाई तीव्रता दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *