रक्षा बमले भनिन्- रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ!
काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्। उनले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गर्दै अब सुशासनको नारा नलगाउन सुझाव दिएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले सरकारको कार्यशैलीमा पञ्चायती शासनको झल्को देखिएको टिप्पणी गरेकी छन्। उनले सञ्चारगृह अगाडि आफ्नै कार्यकर्ता परिचालन गरेर गाडी तेर्स्याउनेदेखि सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउनेसम्मका गतिविधि भइरहेको आरोप लगाएकी छन्। उनले यस्ता गतिविधिलाई सुशासनको नारासँग मेल नखाने भन्दै रास्वपाको नेतृत्वमाथि व्यङ्ग्य गरेकी छन्।
उनले भनेकी छन्- ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने। वाह, तपाईंहरूको सुशासन !
No ads found for this position



डिसी नेपाल
Facebook Comment