मृत्युदण्डको सजाय भोगेर पनि जीवितै बाँचेकी महिलाको पहिलो सार्वजनिक बयान
काठमाडौं । अमेरिकाकी क्रिस्टा पाइकले सेप्टेम्बर महिनामा उनको मृत्युदण्डको प्रयास असफल भएपछि पहिलो पटक सार्वजनिक बयान जारी गरेकी छिन्।
शुक्रबार उनको कानुनी टोलीले सामाजिक सञ्जालमा उनको बयान जारी गरेको हो। यस बयानमा पाइकले भनेकी छिन्, ‘त्यस रातपछि यस्तो एउटा पनि पल बितेको छैन, जब मलाई पीडा नभएको होस्।’
उनले भनिन्, ‘मेरो शरीरमा पीडा छ। मेरा पाखुराहरूमा पीडा छ। मेरो हात र घाँटीमा पीडा छ। मलाई अझै पनि बोल्न गाह्रो हुन्छ। यो पीडा केवल शारीरिक मात्र होइन। मेरो मन र आत्मामा पनि उत्तिकै पीडा छ।’
५० वर्षीया पाइकलाई गत महिनाको अन्त्यमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
सेप्टेम्बरमा पेन्टोबार्बिटल औषधिको दुईवटा इन्जेक्सन दिएर उनलाई मृत्युदण्ड दिने प्रयास गरिएको थियो, तर उक्त प्रयास असफल भयो। त्यसपछि उनको अवस्था गम्भीर बनेको थियो। यद्यपि, उनी यस प्रक्रियामा जीवितै बच्न सफल भइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment