काठमाडौं उपत्यकामा २४ घण्टाभित्र १५१ सवारीसाधनमाथि ट्राफिक कारबाही

डिसी नेपाल
१५ कार्तिक २०८३ ७:४८
4
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १५१ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८४ जना चालक कारबाहीमा परेका हुन्।

प्रहरीका अनुसार सीसीटीभी निगरानीमार्फत ५, ट्राफिक बत्ती (रेड लाइट) उल्लंघन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ र सवारीसाधनको यान्त्रिक अवस्था ठीक नभएका २ जना चालकलाई कारबाही गरिएको छ।

यसैगरी, अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ५६ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *