पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छ : पूर्वमन्त्री भुसाल

डिसी नेपाल
१५ कार्तिक २०८३ २२:५७
8
Shares

ललितपुर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ।

सो पार्टीको ललितपुर जिल्ला समितिले आज महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ, पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्छ।”

जनताको स्थानीय समस्या सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए। जनताले स्थानीयस्तरमा पार्टीप्रति व्यक्त गर्ने धारणा र सुझावलाई आत्मसात् गर्दै कमजोरी सच्याउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा ललितपुर महानगरका संयोजक रवीन्द्र महर्जनले जनसरोकारका विषय, सम्पदा क्षेत्रको संरक्षण र सरसफाइमा श्रमदानका लागि पहल भइरहेको बताए।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका संयोजक राजेन्द्र अमात्य, गोदावरी नगरपालिकाका संयोजक भाग्यराम महर्जन र बागमती गाउँपालिकाका संयोजक बेलबहादुर लामाले पार्टीलाई जनताको हितमा काम गर्ने सङ्गठनका रूपमा विकास गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *