त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्ष पदमा ऋण असुली न्यायाधिकरणका पूर्वअध्यक्ष डा. गोकुलप्रसाद बुर्लाकोटी नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयका अनुसार आयोगको सदस्यहरूमा प्रा. डा. योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) नियुक्त भएका छन्।
गत असोज २२ गते विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्याभट्टराईको अध्यक्षतामा बसेको त्रिवि सभाको साधारण सभा बैठकले अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको थियो। दसैँ तथा सार्वजनिक बिदाका कारण नवनियुक्त पदाधिकारीहरूलाई सोमबार मात्रै त्रिवि उपकुलपति कार्यालयले औपचारिक नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
उहाँहरूलाई त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम १०८ बमोजिम नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ। पुनरावेदन आयोगले विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीका प्रशासनिक एवं कानुनी मुद्दा र पुनरावेदनमाथि सुनुवाइ तथा फर्छ्योट गर्ने जिम्मेवारी वहन गर्दछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment