एनपीएलमा आज दुई रोमाञ्चक खेल: दोस्रो जितको खोजीमा विराटनगर र लुम्बिनी, पोखरालाई जित्नैपर्ने दबाब
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमने-सामने हुनेछन्। तीन खेल खेलिसकेको विराटनगरले एक खेलमा मात्रै जित हासिल गरेको छ। अंक तालिकामा आफ्नो स्थिति सुदृढ बनाउन विराटनगर चौथो खेलमा दोस्रो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
अर्कोतर्फ, जनकपुर बोल्ट्सले पनि हालसम्म खेलेका तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ। जनकपुर आज आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार तेस्रो जित हात पार्ने रणनीतिमा छ।
त्यस्तै, आजै साँझ ५:०० बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनी लायन्सले दुई खेलबाट एक जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment