तिहार नजिकिएसँगै भक्तपुरको पोटरी स्क्वायरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तस्बिर)

डिसी नेपाल
१७ कार्तिक २०८३ १४:०४
4
Shares

काठमाडौं। तिहार पर्व नजिकिएसँगै भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरका कुमालेहरूलाई माटोका पाला बनाउन र सुकाउन भ्याइनभ्याइ भएको छ।

तिहारमा घर, पसल तथा विभिन्न धार्मिक एवम् सांस्कृतिक स्थानमा दीप प्रज्वलनका लागि पालाको माग उच्च हुने भएकाले स्थानीय प्रजापति समुदायका कुमालेहरू दिनरात काममा व्यस्त बनेका हुन्।

परम्परागत रूपमा चक्रमा घुमाएर हातैले बनाइने माटाका पाला नेपाली संस्कृति, परम्परा र मौलिकतासँग प्रत्यक्ष जोडिएका छन्।

पछिल्लो समय बजारीकरणसँगै विभिन्न थरिका झिलिमिली विद्युतीय बत्तीको प्रयोग बढे पनि माटाका पालाको धार्मिक महत्त्व र सांस्कृतिक आकर्षण भने अझै घटेको छैन।

तिहारका लागि आवश्यक पर्ने पालाको माग समयमै धान्न भक्तपुरका कुमालेहरू अहिले माटो मुछ्ने, पाला बनाउने, घाममा सुकाउने र आगोमा पकाउने काममा तल्लीन देखिएका छन्।

तस्बिर : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *