शिक्षक सेवा आयोगको १८ औं वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस
काठमाडौं। शिक्षक सेवा आयोगको अठारौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेस गरिएको छ।
आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले मंगलबार एक कार्यक्रमका बिच माननीय शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को अवधिमा आयोगबाट सम्पादित प्रमुख कार्यहरू, कार्यसम्पादनका क्रममा भोग्नुपरेका समस्या तथा चुनौतीहरू र आगामी कार्यदिशाका विषयहरू समेटिएका छन्।
साथै, आयोगले वर्षभरि हासिल गरेका समग्र गतिविधि र प्रशासनिक तथा नीतिगत उपलब्धिहरूको विस्तृत विवरणसमेत प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
प्रतिवेदन पेस गर्ने औपचारिक कार्यक्रममा आयोगका अध्यक्ष डा. लम्सालसहित आयोगका सदस्यहरू, शिक्षा मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment