मिस एण्ड मिसेज हेरिटेज २०२६’ मा नेपालको प्रतिनिधित्व पूर्णिमा र सुनिताले गर्ने

डिसी नेपाल
१७ कार्तिक २०८३ १४:२९
4
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज हेरिटेज २०२६’ मा नेपालको तर्फबाट पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यले प्रतिनिधित्व गर्ने भएका छन्। थाइल्यान्डको बैंककमा आगामी नोभेम्बर २० देखि आयोजना हुने उक्त प्रतियोगितामा पूर्णिमाले ‘मिस’ र सुनिताले ‘मिसेस’ विधामा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालका लागि आधिकारिक संस्था ग्रिन आर्ट्स मिडियाले काठमाडौँको बत्तीसपुतलीस्थित ‘द स्ट्र्यान्ड लाउन्ज’ मा एक विशेष कार्यक्रम आयोजना गर्दै दुवै प्रतिस्पर्धीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कार्यक्रममा २१ वर्षीया पूर्णिमा शाही ठकुरीलाई ‘मिस हेरिटेज नेपाल २०२६’ र ३३ वर्षीया सुनिता आचार्यलाई ‘मिसेस हेरिटेज नेपाल २०२६’ को ताज पहिराउँदै आधिकारिकता प्रदान गरिएको थियो।

कर्णाली प्रदेशकी स्थायी निवासी तथा हाल स्नातक तह (बीबीएस) मा अध्ययनरत पूर्णिमाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र नाम उच्च राखेर फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतियोगिताका लागि ग्रिन आर्ट्स मिडियाकी पेजेन्ट निर्देशक, कोरियोग्राफर तथा नेपाल निर्देशक अनिला श्रेष्ठले दुवै प्रतिभाको मेन्टरसिप, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिको जिम्मेवारी सम्हालेकी छन्।

अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान तथा ‘मिस इको इन्टरनेसनल २०२६’ की टप-१० फाइनालिस्ट सेजल राजभण्डारीको उपस्थिति रहेको सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रबिन प्रसाद लाकौलले दुवै प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदा, सौन्दर्य र प्रतिभालाई सशक्त ढङ्गले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *