सप्तरीमा शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय ‘हुंकार मधेश’ जिल्ला अभियन्ता समूह गठन
सप्तरी। ‘हुंकार मधेश’को प्रथम जिल्ला भेला सप्तरी उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको छ। शैशव राजुको अध्यक्षतामा सम्पन्न उक्त भेलाले ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।
भेलालाई सम्बोधन गर्दै हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले विगत ७५ वर्षमा देशमा बलिया राजनीतिक दलहरू बन्न नसकेको, सामूहिक पहिचान र अधिकारका लागि सही विचार तथा सिद्धान्त आत्मसात् नगरिएको र नेतृत्वमा आजीवन अध्यक्ष भइरहने प्रवृत्तिका कारण राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनको प्रत्याभूति दिन नयाँ संगठनको आवश्यकता महसुस गरी ‘हुंकार मधेश’ गठन गरिएको बताए।
कार्यक्रममा आर्थिक विभाग प्रमुख तथा केन्द्रीय अभियन्ता श्री सचिदानन्द जिलेले मधेशी समुदाय आर्थिक रूपमा आत्मनिर्भर नबनुन्जेल र जातीय विभेदको समूल अन्त्य नभएसम्म मधेशको मुक्ति असम्भव रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा चन्द्रानन्द ज्योतिष, मनोज कुमार, बैजु स्वामी, सम्बोध कुमार, भोगेन्द्र मण्डल र डा. विशेष यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै, आगामी मङ्सिरको पहिलो हप्तादेखि मेची-महाकाली ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन हुने जानकारीसमेत कार्यक्रममा गराइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment