काठमाडौंको दरबारमार्गमा लागेको आगलागी नियन्त्रणमा

डिसी नेपाल
२६ असोज २०७६ २१:२३

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री लन्जमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। आइतबार साँझ आगलागी भएको हो।

७ वटा भन्दा बढी दम्कलको सहायतमा आगो करिब ३ घण्टाको प्रयासपछि नियन्त्रणमा ल्याइएको हो।

आगो नियन्त्रणको प्रयासमा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानहरु खटिएका थिए।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको तर आगो नियन्त्रणका लागि खटिएका एक जना फायर फाइटर घाइते भएका छन्। आगो विद्युत सर्ट भएर लागेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *