उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी

डिसी नेपाल
२० कार्तिक २०८३ १७:३६

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्।

त्यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहिन दलित र ३ भूमिहिन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *