म्यानमारको भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर विमानस्थल पुगिन्
काठमाडौं। म्यानमारको भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चढेर राष्ट्रपति निवासबाट सिधै त्रिभुवन विमानस्थल अवतरण गरेकी छन्।
म्यान्मार गणतन्त्र संघका समकक्षी ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि ५ दिने राजकीय भ्रमणमा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी सडक सवारीबाट नगईकन सिधै हेलिकोप्टरबाट विमानस्थल पुगेकी हुन्।
राष्ट्रपति भण्डारीको सवारी कुरिरहेका पत्रकारहरुले भने हेलिकोप्टर आएपछि मात्रै राष्ट्रपति भण्डारी सिधै विमानस्थलभित्र प्रवेश गरेको जानकारी पाएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment