बसको ठक्करबाट प्रहरी जवानको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७६ ६:५३

सुनसरी । सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छ ।

दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने प्रहरी जवान २८ वर्षीय किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ वर्षीय पन्च नारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *