तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो

डिसी नेपाल
४ कार्तिक २०७६ १८:१०

काठमाडौं। यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश आलोचित बनेका हुन्।

गीतले छोटो समयमा लोकप्रियता कमाएपनि यसका केही शब्दहरुलाई लिएर युट्युबमा चर्को आलोचना भएको छ। त्यस्ता नकारात्मक कमेन्ट आएपछि अहिले युट्युबको कमेन्टहरु गायव पारिएको छ। यसैबीच गीतका शब्द तथा भिडियोले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा उजुरी नै परेको छ।

उजुरी परेसंगै प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई छलफलका लागि बोलाएको छ। डिसी नेपालसंग संक्षिप्त कुरा गर्दै दुर्गेशले प्रहरीले आफूलाई छलफलका लागि बोलाएको स्वीकार गरे।

उनले भने, –‘मलाई फोन आएको थियो। म कार्यक्रमको सिलसिलामा काठमाडौं बाहिर छु। एक सातापछि मात्र फर्किन्छु। त्यसपछि विस्तारमा कुरा गरौंला भनेँ।’

तीजपछि दुर्गेशले फिल्म ‘छ माया छपक्कै’को प्रमोशनका लागि गाएको ‘बिच्च बिच्चमा’ पनि विवादमा परेको थियो।

यस्तो छ दुर्गेशको आलोचित तिहार गीत :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *