नेकपा नेतृ कमला सुवेदीको निधन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको उपचारका क्रममा निधन भएको छ।
दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद तथा तत्कालिन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षकै उमेरमा उपचारका क्रममा निधन भएको हो ।
सुवेदीको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उनको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए ।
सुवेदीलाई श्रदाञ्जली दिन पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पशुपतिआर्यघाट पुगेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment