सयपत्री फूलले ढकमक्क इचङ्गु (फोटोफिचर)

डिसी नेपाल
९ कार्तिक २०७६ १०:५३

काठमाडौं। सयपत्री फूलको लागि प्रख्यात ठाउँ हो इचङ्गु नारायण। वर्षेनी यहाँका स्थानीयहरु आफ्ना बारीमा सयपत्रीको खेती गर्ने गर्छन्। विशेष गरी तिहारका लागि उनीहरुले यस फूलको खेती गर्दछन्। यतिबेला इचङ्गु नारायण सयपत्रीमय भएको छ।

जताततै पहेंला सयपत्री फूल ढकमक्क फूलेको छ। जुन दृश्य देखेर मनलाई प्रदान गर्दछ। स्थानीयलाई पनि फूल टिप्न भ्याइनभ्याइ छ। कसैले घरकै प्रयोजनका लागि त कसैले व्यवसायिक रुपमै सयपत्रीको खेती गरेका छन्। यो वर्ष गतसाल भन्दा सयपत्री राम्रो फूलेको स्थानीयहरु बताउँछन्।

नेपालीको दोस्रो ठूलो चाड तिहार पनि सुरु भइसकेको छ। आज दोस्रो दिन कागको पूजा गरी मनाइदैंछ। तिहारमा सयपत्री फूलको प्रयोग हुने हुँदा तिहारमा यस फूलको खपत पनि धेरै हुने गर्छ। यो वर्ष भने लक्ष्मीपूजा कुकुर तिहारको दिन परेको छ र गाइपूजा त्यसको भोलिपल्ट सोमबार परेको छ।

कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ। तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ। म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ। भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *