सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको देउवाको आरोप
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको बताएका छन्। शनिवार काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गरे।
सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न एक पछि अर्को विधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि आरोप लगाए।
सभापति देउबाले प्रजातन्त्रको रक्षाको लागि सबै कांगे्रसजन सचेत भएर लड्नु पर्ने बेला आएको पनि बताए। कार्यक्रममा पाँचथर घर भई काठमाडौँ आएर बसोबास गर्ने कलाकारहरुले गायन नृत्यकला प्रस्तुत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment