कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा

डिसी नेपाल
१० कार्तिक २०७६ ७:४०

काठमाडौं। नेपाली कांग्रेस वर्तमान कार्यसमितिको समयावधी फागुनमा सकिँदैछ। कार्यसमितिको म्याद सकिन केही समय मात्रै बाँकी रहँदा पार्टीभित्र महाधिवेशन गर्ने नगर्ने विषयको विवाद उत्कर्षमा पुगेको छ।

संस्थापन पक्ष वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने दाउमा छ भने संस्थापन इतर पक्ष समयमै महाविधेशन हुनुपर्ने पक्षमा छ। तर तोकिएको समयभित्र महाधिवेशन हुन संभावना नरहेको संस्थापन पक्षले दाबी गर्दै आएको छ।

समयमै महाधिवेशन नगर्ने संकेतका रुपमा संस्थापन पक्षले केही विषय थप गर्ने प्रस्ताव गरेको छ। जसलाई वरिष्ठ नेता रामचन्द्र पौडले पक्षधरले सिधै अस्वीकार गरेको छ। सभापति शेरबहादुर देउवाले विभागको संख्या २८ बाट बढाएर ४५ पुर्याउने प्रस्ताव गरेका छन्। यही विषयमा विवाद बढ्दै थएपछि सात गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको थियो।

संस्थापन पक्ष वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने दाउमा छ भने संस्थापन इतर पक्ष समयमै महाविधेशन हुनुपर्ने पक्षमा छ। तर तोकिएको समयभित्र महाधिवेशन हुन संभावना नरहेको संस्थापन पक्षले दाबी गर्दै आएको छ।

‘संस्थापन पक्ष विभिन्न बहाना निकालेर फागुनमा महाधिवेशन नगर्ने दाउमा लागेको देखिन्छ,’ एक नेताले भने, ‘त्यसको पछिल्लो शिलसिला १७ विभाग थप गर्ने प्रस्ताव हो।’ संस्थापन पक्षले एकाएक विभाग थप गर्ने प्रस्ताव ल्याएपछि स्थगित केन्द्रीय समिति बैठक स्थगित भएपछि मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेद्वार चयन गर्न समेत सकेको छैन। जिल्लाबाट सिफारिस भएर आएका नाममा विषयमा अहिलेसम्म निर्णय नहुँदा कार्यकर्तामा अन्योल बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको स्पष्ट बहुमत छ। सकेसम्म सहमतिका प्रयास गर्ने र सहमति नभए बहुमतको आधारमा निर्णय गर्ने देउवाको बानीका कारण कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। निर्वाचनमा नराम्रोसँग पराजित बनेपछि सभापति देउवाले राजीनामा दिनु पर्ने अर्को आवाज उठेपछि त्यसलाई मथ्थर पार्न देउवाले महासमिमितिको बैठक बोलाएका थिए।

तर महासमितिले दिएका निर्णयलाई समेत केन्द्रीय समितिमा बहुमतको आधारमा उल्ट्याएपछि पार्टीको विवाद झन् बढ्न थालेको छ। विशेष गरी महाधिवेशन तोकिएको समयमा गर्ने नगर्ने विषयले झन विवाद बढाएको छ।

संस्थापन इतर पक्ष फागुनमा नै १४ औं महाधिवेशन हुनुपर्ने अडानमा भएपनि उनीहरुले अहिलेसम्म उम्मेदव्वारको विषयमा टुंगो लगाउन सकेका छैनन्। तोकिएकै समयमा महाधिवेश भयो भने संस्थापन पक्षबाट शेरबहादुर देउवा निर्विकल्प उम्मेद्वार हुन्।

तर संस्थापन इतर पक्षबाट सभापतिको उम्मेद्वारका आकांक्षी धेरै छन्। अहिलेसम्म डा.शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेद्वारका रुपमा प्रस्तुत गर्दै देश दौडाहामा निस्किएका छन्। उनीसँगै रामचन्द्र पौडेल पनि सभापतिका आकांक्षी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *